
मलेसियाका प्रधानमन्त्री महाथिरले राजीनामा दिएका छन्।
अलजजिरकाका अनुसार नयाँ सरकार बनाउने सम्भावित चर्चामाझ उनले सोमबार त्यहाँका राजालाई आफ्नो राजीनामा बुझाएका हुन्।
आफ्नै पार्टीभित्रको साता लामो खटपटबीच उनको पार्टीले नयाँ सरकार बनाउन कसरत थालेपछि उनले राजीनामा दिएको बताइएको छ।
९४ वर्षीय महाथिर र प्रधानमन्त्रीका आकांक्षी ७२ वर्षीय अनवार इब्राहिमबीच लामो समयदेखि राजनीतिक द्वन्द्व छ।