
गण्डकी प्रदेशमा आफ्नो नेतृत्वमा नयाँ सरकार गठनको दाबीसहित नेपाली काँग्रेसका सांसद कृष्णचन्द्र नेपाली ३१ सांसदसहित प्रदेश प्रमुखको कार्यालय पुग्नुभएको छ ।
काँग्रेसका १५, माओवादी केन्द्रका ११, राष्ट्रिय जनमोर्चाका २, जनता समाजवादी पार्टीका २ सांसद र स्वतन्त्र सांसद दीपक मनाङेसहितको समर्थनमा मुख्यमन्त्रीको लागि दावी पेश गर्न नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली प्रदेशप्रमुख समक्ष जानुभएको हो ।

प्रदेश प्रमुखले संविधानको धारा १६८(५) बमोजिम सरकार गठनका लागि शुक्रबार २४ घण्टाको समय दिएर आह्वान गरेपछि शुक्रबार नै विपक्षी गठबन्धनका ३१ जना सांसद उपस्थित भएर हस्ताक्षर बुझाएका छन् ।
कुल ६० सदस्य रहेको गण्डकी प्रदेशमा सरकारका निर्माणका लागि चाहिने ३१ जना सांसद नै भौतिक रुपमा उपस्थित भएर हस्ताक्षर बुझाएका हुन् ।
हेर्नुहोस् क- कसले गरे समर्थन र हस्ताक्षर




