
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी सदस्य भीम रावलले गल्ती गर्नेलाई कार्वाही गर्दा पद र पार्टी हेर्न नहुने बताएका छन्।
प्रतिनिधिसभाको शून्य समयमा बोल्दै नेता रावलले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पद पार्टी, पृष्ठभूमि हेरेर कार्वाही गर्न नहुने बताएका हुन्।
‘अख्तियार कुनै राजनीतिक आडमा चल्न हुदैन’ उनले भने, भ्रष्टाचार अन्त्यको लागि सरकार निर्मम हुनुपर्ने धारणा राखेका छन् । उनले गल्ती गर्नेलाई कार्वाही गर्दा पद र पार्टी हेर्न नहुने स्पष्ट पारेका छन् ।
उनले भने, भ्रष्टाचार मुद्दालाई हेर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग रहेको बताउँदै उनले अख्तियारले कुनै पनि भ्रष्टाचारमा मुछिएको व्यक्तिलाई उसको पद, पार्टी अथवा कुनै पृष्टभूमि नहेर्ने बताए । उनले भने, ‘अख्तियारले कुनै पनि भ्रष्टाचारमा मुछिएका व्यक्तिलाई उसको पद, उसको पार्टी वा पृष्टभूमि हेरेर होइन तथ्यको आधारमा, यदी कुनै पनि व्यक्तिले भ्रष्टाचारपूर्ण काम गरेको छ भने, निजलाई नेपालको कानून बमोजिम, कानूनका अगाडि सबै व्यक्ति समान छन् भन्ने धारणालाई आत्मसाथ गरेर कारवाही प्रक्रिया अगाडि बढाउानु पर्छ ।’
कार्बाही गर्दा कुनै व्यक्तिलाई अदालतले निर्दोष ठहर गरेपछि उसलाई दोषी भन्न नहुने बताए। त्यस्तै, उनले राष्ट्रयको स्वाधिनता, अखण्डतालाई विषयमा ध्यान दिनुपर्नेमा जोड दिए। ‘सुदूरपश्चिमको दार्जुलाको लिम्पियाधुरा, कालापानी क्षेत्रमा भारतीयले बनाएको पुल भत्काएको कुरा त सुनेका छौँ’ उनले भने, ‘तर, त्यो क्षेत्रमा भारतले व्यापक सडक खनेको कुरा जनताले भनेका छन्। म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’ देश सानो भए पनि कुनै देशको राष्ट्रियता सानो नहुने उनले जिकिर गरे।
त्यस्तै, उनले कोरोना भाइरस कोरियामा समेत फैलन पुगेकाले सरकारले तदारुकता देखाउनुपर्ने सुझाव दिए । उनल भने,‘चीनमा रहेको थेरै व्यक्तिलाई ल्याउँनसमेत सरकारलाई समस्या परेको थियो, कोरियामा नेपालीहरूको धेरै संख्या ठूलो छ। त्यसबाट हुने दुर्घटना हुनसक्छ। त्यस विषयमा बेलैमा सरकारले तदारुकता लिन आवश्यक हुन्छ।’