
भारतको उत्तर प्रदेशस्थित झाँसीमा बेहोश भएका एक मानिसको प्यान्टबाट गोमन सर्प निस्किएको छ ।
घटनाको भिडियोमा गाउँलेहरूले एक समूहले मुकेश कुशवाहा नामक मानिसलाई घेरेको देखिन्छ । उनी नजिकैको एक इनारमा खसेका थिए ।
बटुवाहरूले उनलाई इनारबाट उद्धार गरेपछि उनको लुगाभित्र सर्प रहेको पाइयो । घटना शनिवार भएको हो ।
भैरवदेव गाउँका मानिसले लामो लट्ठी लिएर सर्पलाई निकालेका थिए । कुशवाहाको प्यान्टबाट सर्प निस्किएर हतारहतार गएको देखिन्छ । सर्प गएपछि कुशवाहालाई तानिएको थियो ।
पछि सर्प झाडीहरूतिर गायब भएको थियो । इनारमा खस्दा कुशावाहालाई टाउकोमा गम्भीर चोटपटक लागेको थियो र उनलाई उपचारका लागि तत्कालै अस्पताल लगिएको थियो । एजेन्सी