
सरकारले कर तिर्ने समय असार २५ गतेसम्मलाई तोकेको छ । २५ गतेसम्ममा कर तिर्न आग्रह गर्दै आन्तरिक राजस्व विभागले बुधबार एक सूचना प्रकाशित गरेको हो ।
सर्वोच्च अदालतले मंगलबार सरकारले आर्थिक ऐन २०७७ को दफा १९ बमोजिम सूचना जारी गरेर कर तिर्ने समय तोक्न सक्ने आदेश दिएको थियो ।
२०७७ साल चैत र वैशाख महिनाको मासिक तथा चैत र वैशाख महिनाको द्धिमासिक अवधिको मूल्य अभिवृद्धि कर विवरण र कर दाखिला असार २५ गतेसम्म गरिसक्नुपर्ने विभागले जनाएको छ ।
विभागका अनुसार २०७७ चैत र २०७८ साल वैशाख महिनाको बुझाउनुपर्ने अग्रिम करकट्टी भएको रकम र त्यसको विवरण, अन्तःशुल्क विवरण तथा त्यस अनुसारको अन्तःशूल्क दाखिला, शिक्षा सेवा शुल्क, टेलिफोन स्वामित्व शूल्क र दूरसंचार सेवा दस्तुर दाखिला गर्ने म्याद समेत २५ असार २०७७ सम्म थप भएको छ ।
