
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिने भएका छन् ।
नेपाली कांग्रेसका नेता तथा मुख्यमन्त्री नेपालीले विश्वासको मत लिन मंगलबार नै संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् ।
मुख्यमन्त्री स्रोतका अनुसार उनले असार ४ गते नै विश्वासको मत लिने तयारी गरेका हुन् । संविधानतः विश्वासको मत लिनुभन्दा दुई दिन अघि संसदलाई सरकारले जानकारी दिनुपर्छ ।
मुख्यमन्त्रीमा नियुक्त भएपछि ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । सरकारका प्रवक्ता कुमार खड्काका अनुसार बजेट लगायतका काम र मन्त्रालय विभाजनमा समेत अन्योल भएपछि विश्वासको मत छिटै लिन लागिएको हो ।
सरकारले विश्वासको मत लिएपछि मात्रै मन्त्रीहरुको कार्यविभाजन र बिस्तार गर्ने मुख्यमन्त्री पोखरेलको तयारी छ ।