
फस्र्ट लब, लुट, छडके, मिसन पैसा, लुट २, चङ्गा चेट लगायतका फिल्म निर्माण गरिसकेका निर्माता माधब वाग्लेले फिल्म निर्देशन गर्ने भएका छन । केहि महिना अगाडी नै चलचित्र बिकाश बोर्डमा दर्ता गर्दे फिल्म पारस आफुले निर्देशन गर्ने बताएका थिए भने भर्खरै फिल्ममा फिल्ममा अभिनेता अनमोल केसीलाइ अनुबन्ध भएका छन ।
सुरुमा फिल्म दर्ता गर्दा एकजना कलाकारको नाम चाहिने हुनाले सो बेला आफ्नो नजिकको मित्र अभिनेता निश्चल बस्नेतको नाम राखिएको भएतापनि वाग्लेको पहिलो रोजाइ अनमोल नै रहेको थियो ।

सधै फिल्ममा आफु मुर्गा मात्र भइरहने र फाइदा कलाकार र निर्देशकलाइ मात्र भइरहने हुदा आफु पनि फिल्म निर्देशन गर्ने लागेको वाग्लेले बताएका छन । फिल्मको लागि माधबले अनमोलको बाबु भुवन केसीसँग लामो समयको छलफलपश्चात अनमोललाइ फाइनल गरेका हुन ।
“द अनलक्की म्यान” राखिएको फिल्म पारस अब काजल फिल्मसको ब्यानरमा निर्माण हुने भएको छ । साथै भुवन केसी निर्माताको रुपमा रहनेछन । फिल्मका निर्देशक वाग्ले र काजल फिल्मस बिच मँगलबार कागजि सम्झौता भएको हो ।
बैशाखको दोस्रो साताबाट छायाँकन सुरु गरिने फिल्मको कथा प्रदिप भारद्धवाजले लेखेका हुन । फिल्म ए मेरो हजुर ४ को छायाँकन पश्चात अभिनेता अनमोल फिल्म पारसमा ब्यस्त हुनेछन । आफ्नो होम प्रोडक्सनमा बन्ने भनिएर अगाडिबाट नै चर्चामा रहेको फिल्म एन्टि हिरोको छायाँकन भने पछाडि धकेलिको छ ।
पारसकोे कथा मन परेका कारण फिल्ममा अनमोल अनुबन्घ भएका हुन भने फिल्मको अन्य कलाकारहरुको भने तय गरिएको छैन ।