
फिल्म कथा काटमाडौ को सेटबाट प्रेम सुरु भएको अभिनेत्री प्रियँका कार्की अभिनेता आयुष्मान देशराज जोशिको विवाह फागुन १५ बिहिबार को दिन एक होटलमा हुदैछ । ३ बर्षदेखि प्रेममा रहेको यी दुइले दुइ पटक इन्गेजमेन्ट गरिसकेका छन भने दुइको विवाह यस बर्षको असारमानै गरिने तय गरिएको थियो तर त्यस समयमा दुबै पक्षको परिवारको समय नमिलेको कारण बिबाह पछाडि सरेको हो ।

टिकाटालो भएको डेड बर्षमा पनि विवाह नहुदा कतिपयले यी दुइको बिबाह नहुने तथा सम्बन्ध बिग्रिएको चर्चा समेत चलेको थियो । तर प्रियँकाले केहि महिनाअगाडी आफ्नो नजिकको साथीहरुलाइ ब्याचलर पार्टी दिएका थिए भने साथीहरुले पनि प्रियँकालाइ सरप्राइजको लागि थाइल्याण्ड उडाएपछि यो बर्ष दुलहि हुने पक्का भएको थियो ।

त्यस्तै उनका प्रेमी आयुष्मान देशराज जोशी र उनको भाइ आशिरमानले पनि आफ्नो नजिकको सहपाठीहरुलाइ केहि दिन अगाडी पोखराको बाटर फ्रण्ट रिसोर्टमा पार्टी दिएका थिए ।

आयुष्मान र प्रियँकाले बिबाह पश्चात छुट्टै बस्नका लागि भैसेपाटीमा घर किनिसकेका छन । यी दुइले कथा काठ्माण्डौं पश्चात फिल्म छक्का पन्जा २ चङगा चेट र प्रेम दिवसमा सँगै काम गरेका छन । हाल फिल्ममा खासै नदेखिएका आयुष्मान प्रियँका बिबाह पश्चात पुन फिल्ममा फर्कने बताएका छन ।
