
जारी युरोकप फुटबलमा स्वीडेनले पहिलो जित निकालेको छ ।
समूह चरणको दोस्रो खेलमा शुक्रबार अमिल फ्रोसबर्गको एक मात्र गोलको मद्दतले स्वीडेनले स्लोभाकियालाई पराजित गर्दै युरो २०२० मा पहिलो जीत हासिल गरेको हो । ७७ औँ मिनेटमा फ्रोसबर्गले गरेको गोल यूरोमा स्वीडेनले ३६५ मिनेटपछि पहिलो गोल हो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७७औँ मिनेटमा फोर्सबर्गले पेनाल्टीबाट गोल गरेका हुन् ।
पछिल्लो पटक स्वीडेनले सन् २०१६ को यूरोमा समूह चरणको पहिलो खेलमा आयरल्याण्डबिरुद्ध गोल गरेको थियो । त्यसयता स्वीडेनले गोल गर्न सकेको थिएन । युरो २०२० को पहिलो खेलमा पनि स्वीडेन स्पेनसँग गोलरहित बराबरीमा रोकिएको थियो ।
स्लोभाकियाको यो पहिलो हार हो । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो । दोस्रो स्थानको स्लोभाकियाले २ खेलमा ३ अंक जोडेको छ ।
जीतसँगै समूह ई स्वीडेनले ४ अंक बटुलेको छ । पहिलो खेलमा पोल्याण्डलाई हराएको स्लोभाकियाको ३ अंक रहेको छ । स्पेनको एक अंक रहेको छ भने पोल्याण्ड अंकविहीन छ ।
स्वीडेनले पहिलो खेलमा स्पेनसँग गोलरहित बराबरी खेलेको थियो । स्विडेन समूहको शीर्ष स्थानमा रहेको छ ।