
ब्राजिलमा भइरहेको कोपा अमेरिका अन्तर्गत समूह ए को खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १-० ले पराजित गरेको छ ।
कोपा अमेरिकाअन्तर्गत शनिबार बिहान सम्पन्न समूह ए को खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० ले हराएको हो।
उरुग्वेलाई हराएपछि अर्जेन्टिनाले २ खेलबाट ४ अंक जोडेको छ ।
अर्जेन्टिनाको जितमा गुइडो रोड्रिगेजले खेलको एक मात्रै निर्णायक गोल गरे। उनले कप्तान लिओनल मेस्सीको क्रसमा गोल गरेका थिए।
जारी कोपा अमेरिकामा अर्जेन्टिनाको यो पहिलो जित हो। यसअघि पहिलो खेलमा अर्जेन्टिनाले चिलीसँग २–२ को बराबरी खेलेको थियो।
जितसँगै अर्जेन्टिनाले २ खेलबाट ४ अंक जोडेको छ। एक खेल मात्रै खेलेको उरुग्वे भने तेस्रो स्थानमा छ।
यस्तै शनिबार बिहानै भएको अर्को खेलमा चिलीले बोलिभियालाई १-० ले नै पराजित गरेको छ । एरेना पान्तानालमा भएको खलमा चिलीका लागि खेलको १०औं मिनेटमा बेन ब्रेरेटनले निर्णायक गोल गरे । उनले एडुवार्डो भर्षासको पासमा गोल गरे ।
जितपछि चिलीले २ खेलबाट ४ अंक नै जोडेको छ ।