८ बैशाख २०८२, सोमबार

बराबरीमा रोक्यो स्कटल्यान्ड र इङ्ल्यान्ड

इङ्ल्यान्डले १६ औं संस्करणको युरोकप फुटबलमा स्कटल्याण्डसँग बराबरी खेलेको छ । शुक्रबार भएको खेलमा इङ्ल्यान्डले बराबरी खेल्दै अंक बाडेको हो ।

वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डले स्कटल्यान्डसँग गोलरहित बराबरी खेलेको हो । इङ्ल्यान्डका लागि महत्वपूर्ण खेलका रुपमा रहेको खेलमा बराबरी खेल्यो । खेलमा दुबै टोलीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।

इंग्ल्यान्डले स्कटल्याण्डसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। गोल गर्ने केही अवसर दुबै टोलीले सदुपयोग गर्न नसक्दा खेल गोल रहित बराबरीमा टुंगियो। 

खेलको १२ औं मिनेटमा इंग्ल्यान्डका जोन स्टोन्सको हेडर बल पोस्टमा लागेर फर्किएको थियो।

बराबरीसँगै समूह ‘डी’ को इङ्ल्यान्डले २ खेलमा ४ अंक जोडेको छ ।

इङ्ल्यान्ड समूहको दोस्रो स्थानमा छ । स्कटल्यान्डले एक अंक जोड्न सफल भएको छ । स्कटल्यान्डले २ खेलमा १ अंक जोडेको छ ।

स्कटल्याण्ड पहिलो खेलमा चेक रिपब्लिकसँग पराजित भएको थियो। पहिलो खेलमा इंग्ल्यान्डले क्रोएसियालाई पराजित गरेको थियो।

    सम्बन्धित समाचार...