
युरोकपमा बलियो फ्रान्सविरुद्ध हंगेरीले बराबरी खेलेको छ ।
हंगेरीको बुडापेस्टमा १६ औं संस्करणको युरोकप फुटबल अन्तर्गत समूह चरणको शनिबार भएको खेलमा फ्रान्सले हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो। दोस्रो खेलमा समूह एफको समूह चरणको दोस्रो खेलमा फ्रान्सले हंगेरीसँग पहिलो हाफमा गोल खाएको थियो ।
पहिलो हाफको ४५ मिनेटपछिको थप समयमा हंगेरीले गोल हानेको हो । हंगेरीका लागि एटिल्ला फियोल्लाले गोल गरे ।
फ्रान्सलाई एन्टोनियो ग्रिजम्यानले हारबाट जाेगाएका छन्।
पहिलो खेलमा पोर्चुगलसँग ३–० पराजित भएको हंगेरीलाई आजको खेल जित्नैपर्ने दबाब छ । फ्रान्सले पहिलो खेलमा जर्मनीलाई १–० गोलले पराजित गरेको थियो ।