
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार देशको राजनीतिक तथा समसामयिक विषयमा बोल्नुहुदै आफूहरुले अझै विगतको नेकपा अझै एक नै होस् भन्ने चाहेको बताउनुभएको छ । उहाँले गत फागुन २३ को सर्वोच्च अदालतको फैसलापछि नेकपा यतिबेला तीन भागमा विभाजित रहेको बताउनुहुदै संविधान र लोकतन्त्र रक्षाका विपक्षी गठबन्धनको यात्रा धेरै लामो समयसम्म जानुपर्ने धारणा राख्नुभएको छ ।

बिहीबार विभिन्न मिडियाका सम्पादकहरुले वर्तमान राजनीतिक तथा समसामयिक विषयमाउठाएका प्रश्नहरुको जवाफ दिनुहुदै वर्तमान सरकारको आलोचना गर्नुभएको छ । उहाँले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार परिवर्तन वा चुनावी गठबन्धनका लागि मात्रै अहिलेको गठबन्धन नभएर इतिहासमा लोकतन्त्र रक्षाका लागि यो गठबन्धन आवश्यक रहेको बताउनुभएको हो ।
उहाँले प्रतिनिधिसभा विघटन अति गम्भीर विषय भएकाले पाँच पूर्वप्रधानमन्त्रीहरुले संयुक्त संघर्ष गर्नुपरेको बताउनुभयो ।