१० बैशाख २०८२, बुधबार

कोपा अमेरिका : उरुग्वेको पहिलो जित

uruguay

कोपा अमेरिका फूटबलमा उरुग्वेले पहिलो जित दर्ता गरेको छ ।आज बिहान भएको खेलमा बोलिभियालाई २–० गोल अन्तरले पराजित गर्दै उरुग्वेले पहिलो जित दर्ता गरेको हो ।

खेलको ४० औं मिनेटमा बोलिभियाका कार्लोस लाम्पेको आत्मघाती गोलबाट उरुग्वेले सुरुवाती अग्रता बनाएको थियो । ७९ औं मिनेटमा काभानीले गोल गर्दै उरुग्वेको जित निश्चित गराए ।

समूह ए मा रहेको उरुग्वे जितपछि ४ अङ्कका साथ तेस्रो स्थानमा छ भने बोलिभिया समुहको पुछारमा छ । जीतपछि उरुग्वे क्वाटरफाइनल प्रवेश गरेको छ ।