
चलचित्र ‘ए मेरो हजुर ४’को छायांकन सुरु गरिएको छ ।
अनमोल केसी र सुहाना थापाको मुख्य अभिनय रहने चलचित्र ‘ए मेरो हजुर–४’ को शुभमुहूर्त गरिएको छ । कार्यविनायक मन्दिरमा कलाकार अनमोल केसी, सुहाना थापा, सलोन बस्नेत र निर्देशक झरना थापाको उपस्थितिमा शुक्रबार शुभमुहूर्त गरिएको हो ।
यस्तै, चलचित्रका निर्माता सुनिल कुमार थापाका अनुसार चलचित्रको छायांकन पोखरामा १० दिन, काठमाण्डौ र ललितपुरमा करिब ३० दिन गरिनेछ । यसपछि, चलचित्रको छायांकन यूरोप र ओमानमा गरिने सुनिलले जानकारी दिए ।

प्रेमकथामा बन्न लागेको यो चलचित्रलाई आउँदो बर्षको दशैंमा रिलिज गर्ने योजना यसको निर्माणपक्षको छ । चलचित्र ‘ए मेरो हजुर ३’मा पनि नायक अनमोल केसी र नायिका सुहाना थापाकै जोडी थियो । गतबर्षको ब्लकबस्टर चलचित्र ‘ए मेरो हजुर ३’को चौथो सिरिजलाई पनि उत्कृष्ट बनाउन कुनै कसर बाँकी नराख्ने निर्माणपक्षले बताएको छ ।
प्रेमकथामा आधारित चलचित्र सुनीलकुमार थापाको निर्माण र झरना थापाको निर्देशनमा बन्दैछ ।