
कैलालीको अत्तरियामा सडकबाट खसेको अटो कल्भर्टको तलको पाइपमा अड्किएको छ।
गोदावरी नगरपालिका-२ मा अटो अनियन्त्रित भई दुर्घटना भएको हो। अटो चालक सामान्य घायते भएका छन्। भने अटोमा सवार ४ जना सकुशल रहेको प्रहरीले जनाएको छ। अत्तरियाबाट गोदावरी तर्फ गइरहेको उक्त अटो एक्कासि अनियन्त्रित भएर कल्भर्टको तल खसेको बुझिएको छ ।