
नेपाली युवा लेगस्पिर सन्दीप लामिछानेले टी-२० क्रिकेटमा १०० विकेट पूरा गरेका छन् । यस्तो गर्ने उनी पहिलो नेपाली खेलाडी हुन् ।
थाईल्याण्डमा भईरहेको एसीसी टी-२० ईस्टर्न रिजन अन्तर्गत मलेसियाविरुद्ध पहिलो विकेट लिँदै सन्दीपले १०० विकेट पूरा गरे ।
त्यसका लागि उनले राष्ट्रिय टिमबाट २९ र टी २० फ्रेन्चाईज लिगबाट ७१ विकेट लिए ।
मलेसियाविरुद्ध उनले लगातार २ विकेट लिएका लिए र आफनो टी-२० करियरमा विकेट संख्या १०१ पुर्याए । उनले टी-२०मा राष्ट्रिय टोलीबाट ३० विकेट लिइसकेका छन् ।