
२२औं बुढासुब्बा गोल्डकपको उपाधि मनाङ मर्स्याङ्दी क्लबले चौथो पटक उचालेको छ । धरान १६ रंगशालामा शनिबार भएको फाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ३-१ गोलले पराजित गर्दै मनाङले उपाधि जितेको हो । मनाङको जितमा दयानन्द सिंह, निशान लिम्बु र विमल रानाले गोल गरेका थिए । पुलिसका लागि भोला सिलवालले पेनाल्टीमा गोल फर्काएका थिए ।

दसौं मिनेटमा दयानन्दको गोलमा मनाङले अग्रता बनाएको थियो भने खेलका ४९ औ मिनेटा निशान लिम्बु र विमल रानाले खेलको ९२सौं मिनेटमा १ गोल गरेका थिए । पुलिसका तर्फबाट एक मात्र गोल ६७ औं मिनेटमा भोला सिलवालले पाएको पेनाल्टीको सदुपयोग गर्दै सान्त्वना गोल गरेका थिए ।
दोस्रो हाफको सुरुमा नै निशान लिम्बुले मनाङको अग्रता दोब्बर बनाए तर ६६ औं मिनेटमा पाएको पेनाल्टीमा पुलिसका भेला सिलवालले गोल फर्काए । इन्जुरी टाइममा विमल रानाले गोल गरेपछि मनाङले ३-१ को जितका साथ उपाधि उचाल्यो ।

छैटौं पटक फाइनलमा पुगेको मनाङले चौथो पटक बुढासुब्बा गोल्डकपको उपाधि जितेको हो भने ११औं पटक फाइनल प्रवेश गरेको नेपाल पुलिस क्लबको छैटौं पटक उपाधि जित्ने सपना असफल भयो ।
उपाधिसँगै मनाङले नगद १० लाख जितेको छ । उपविजेतामै सीमित पुलिसले नगद ५ लाख जितेको छ ।
प्रतियोगिामा आजको उत्कृष्ट गोलकर्ता मनाङका विमल राना घोषित हुदै नगद ५ हजार प्राप्त गरेका छन् भने खेलको म्यान अफ द म्याच मनाङकै अञ्जन विष्ट घोषित हुदै नगद १५ हजार प्राप्त गरे ।
यसैगरी व्यक्तिगततर्फ वेष्ट गोलकिपर मनाङका अशोक बराल, वेष्ट डिफेन्डर पुलिसका सुमन सुवेदी, वेष्ट मिड फिल्डर मनाङका पुजन उपरकोटी, बेष्ट फरवार्ड पुसिलसका जुमानु राई घोषित हुदै जनही २५÷१५ हजार प्राप्त गरे । यसैगरी सर्वाधिक गोलकर्ता मनाङका दयानन्द सिंहले नगद ३५ हजार प्राप्त गरे भने प्रतियोगिताको उत्कृष्ट खेलाडी मनाङका सुरज विक घोषित हुदै स्कुटी प्राप्त गरेका छन् ।