
पूर्वी चितवनको नयाँ पर्सा र पूराना पर्साको दर्जनौं घर तथा पसलहरु डुबानमा परेका छन् ।
राजमार्गबाट झण्डै दुई किलोमाटिर भित्र उत्तरतर्फको लदरी खोला बीच भागबाटै भाँचिएको छ । निर्माणाधिन शित भण्डार परिसरमा क्षति पुगेको छ । खैरहनी १ बहेरीका ३२ घर परिवारलाई कयर खोला वस्तीमा पस्न लागेपछि स्थानान्तरण गरिएको छ ।
भर्खर रोपाइ भएका सयौं विघा खेती नोक्सान भएको छ । साही चोक, गौचरण लगायतका क्षेत्रमा पनि बाढी पसेको सहकर्मी ध्रुवराज खनालले जानकारी दिएका छन् ।