
मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएपछि आवत–जावत बन्द भएको छ ।
गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएको हो । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग नदीमा डुबेको छ ।