
ताप्लेजुङमा कोरोना सङ्क्रमणका कारण एक महिलाको मृत्यु गएको छ ।
मृत्यु हुनेमा फुङलिङ नगरपालिका ५ का ५० वर्षीय महिला रहेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।
स्वास्थ्यमा समस्या आएपछि जिल्ला अस्पतालबाट थप उपचारका लागि झापाको बि एण्ड सी अस्पताल पुर्याउन साथ गए राति नै ती महिलाको मृत्यु भएको हो ।
असार १५ गते एन्टिजेन विधिबाट गरिएको परीक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
योसहित जिल्लामा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या १६ पुगेको स्वास्थ्य कार्यालय ताप्लेजुङले जनाएको छ ।