९ बैशाख २०८२, मंगलवार

१६४६ ट्याब्लेट लागू औषध नाइट्रोभेटसहित ६ जना पक्राउ

naitravet 1024x768 1

मकवानपुर प्रहरीले १ हजार ६ सय ४६ ट्याब्लेट लागू औषध नाइट्रोभेटसहित ६ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले गए राति हेटौँडा–१५ बाट १४९६ ट्याब्लेट नाईट्रोभेटसहित दुई जनालाई र सोमबार हेटौँडा–४ स्थित पूर्व–पश्चिम सडक खण्डबाट १५० ट्याब्लेट नाइट्रोभेटसहित ४ जनालाई पक्राउ गरेको हो ।
बाराबाट हेटौँडातर्फ आउँदै गरेका दुई जनालाई १४६९ पिस लागू औषध नाइट्रोभेट ट्याब्लेटसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हेटौँडा–१५ स्थित पिपल चौतरा स्थित पूर्व पश्चिम राजमार्गमा बा ९५ प ७९३२ नम्बरको मोटरसाइकल चेक गर्दा चितवनको कालिका नगरपालिका १ बस्ने २३ वर्षीय रवीन बिक र २२ वर्षीय अर्जुन श्रेष्ठलाई १४९६ ट्याब्लेट लागू औषध नाईट्रोभेटसहित पक्राउ गरेको हो ।

यसैगरी हेटौँडा–४ स्थित पूर्वपश्चिम राजमार्गबाट लागू औषध कारोबार गर्दागर्दै हेटौँडा–१० का २३ वर्षीय विवेक न्यौपाने, हेटौँडा–५ का १९ वर्षीय एडी चौधरी, काभ्रे नमोबुद्व नगरपालिका घर भई हेटौँडा–५ बस्दै आएका २० वर्षीय सुरज लामा र सिन्धुली मरिन गाउँपालिका घर भई हाल हेटौँडा बस्ने २३ वर्षीय विशाल कुमार वाइबालाई १५० ट्याब्लेटसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरूलाई थप अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका निमित्त प्रहरी प्रवक्ता देवेन्द्र दासले बताउनुभयो ।