
भरतमोहन अधिकारिको सम्झनामा भईरहेको कार्यक्रममा नेकपा अधक्ष्य प्रचण्ड माथी जुत्ता प्रहार भएको छ ।
भरतमोहन अधिकारी स्मृति फाउण्डेशनले आयोजना गरेको प्रथम स्मृति सभाको कार्यक्रम सम्बोधन गरिरहेका प्रचण्डलाई लक्षित गर्दै जुत्ता प्रहार भए पनि उनलाई लागेको थिएन।
नेकपा अनुशासन आयोगका अध्यक्ष अमृत बोहराका अनुसार जुत्ता प्रहार गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। जुत्ता हान्रे जुम्लाका रतन तिरुवा रहेको प्रहरीले जनाएको छ । २०/२१ वर्षका उनी लोक सेवा आयोगको परीक्षा तयारीमा थिए ।

ती युवकलाई अहिले महानगरीय प्रहरी वृत्त सिंहदरबारले नियन्त्रणमा लिएको छ। ‘उनी सुस्त मनस्थितिकोजस्तो, बेहोस भएजस्तो गरिरहेका छन्। हामी उनको शरिर जाँच गरिरहेका छौं,’ एक प्रहरी अधिकारीले भने।
यसअघि प्रचण्डलाई भृकुटीमण्डपका आयोजित तत्कालीन माओवादीको चियापान समारोहमा एकजनाले माला लगाउने क्रममा थप्पड हानेका थिए ।