
पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार ६३४ कोरोना भाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५०३ जनाको पीसीआर परीक्षणमा १ हजार ७१८ र ५ हजार ८२ जनाको एन्टिजेन परीक्षणमा ९ सय १६ जनामा कोरोना संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १५६५ जना संक्रमणमुक्त भएका छन्। यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ भने हालसम्म कोरोना संक्रमणबाट ९ हजार २६३ जनाको मृत्यु भएको छ ।