
युनिक पौडेल
नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले सिन्धुपाल्चोकको बाह्रबिसे प्राथमिक स्वास्थ्य केन्द्रलाई ब्लड स्टोरेज रेफ्रिजेरेटर हस्तान्तण गरेका छन् ।
नेता बस्नेतले रेफ्रिजेरेटर हस्तान्तरण गरेका हुन् । रेफ्रिजेरेटरले अस्पताललाई सहज हुनेछ ।
विभिन्न दुर्घटनाका बिरामी, सुत्केरी, अन्य रोगीका लागि जिल्लामा रगतको अभाव देखिँदै आएकाले मेलम्ची, चौतारा र बाह्रबिसे अस्पतालमा ब्लड स्टोरेज मेसिन कांग्रेस नेता बस्नेतको पहलमा राख्न थालिएको छ ।
यसअघि सिन्धुपाल्चोकका तीनवटा अस्पतालमा यस्तो मिसेन राखिसकिएको छ । सिन्धुपाल्चोक जिल्लाका जनता स्वास्थ्यको आधारभूत सेवाबाट बञ्चित हुन नपाउन भनेर अस्पताल र स्वस्थ्य केन्द्र प्रविधिमैत्री बनाउने योजनामा कांग्रेस नेता बस्नेत लागिरहेका छन् ।
कांग्रेसको खेलकुद विभागको प्रमुखसमेत रहेका बस्नेतले रगतको कमी नहोस् भनेर यसअघि देशभरि रक्तदान कार्यक्रम आयोजना गरिसकेका छन् ।
कोरोना, भूकम्प, अन्य विपत्तिमा पहिलो पंक्तिमा उभिएर नेता बस्नेतले जनताको सेवा गर्दै आएका छन् ।
नेता बस्नेतले ‘नेपाली कांग्रेस दैवी प्रकोप तथा विपद् व्यवस्थापन समिति’को प्रमुखको जिम्मेवारी समेत पाएका छन् ।
समितिले देशभरि हुने दैवीप्रकोपको सूचना संकलन गर्नेदेखि उद्धारमा नेता कार्यकर्ता परिचालन, राहत वितरणलगायतका काम गर्नेछ ।
बस्नेतले सिन्धुपाल्चोक जिल्लामा बाढीपहिरोका साथै समस्यामा परेका जनताको उद्धारमा आफै उपस्थित भएर सहयोग गर्दै आएका छन् ।
कोरोना महामारीका बेला पनि नेता बस्नेतले आफूलाई अग्रपंक्तिमा राखेर जनस्वास्थ्यसम्बन्धी सहयोग र कामहरू गर्दै आएका छन् ।
सिन्धुपाल्चोक जिल्लाबाट निर्वाचित माओवादी केन्द्रका नेता समेत रहेका सभामुख अग्निप्रसाद सापकोटा र एमालेका नेता शेरबहादुर तामाङसहित नेताहरूले काम गर्न नसकेकोर गुनासाहरू आइरहेका बेला कांग्रेस नेता बस्नेतले विभिन्न सहयोगहरू गरिरहेका छन् ।