
युरोपेली च्याम्पियनसिप अन्तरगत दोस्रो सेमिफाइनलमा डेनमार्कका गोलरक्षक कास्पर स्माइकलाई लक्षित गर्दै समर्थकले लेजर लाइट देखाएको विषयमा युरोपेली फुटबलको सर्वाेच्च निकाय (युइएफए) ले इंग्ल्यान्ड फुटबल एसोसिएशनलाई ३० हजार युरो जरिवाना गरेको छ ।
वेम्बली स्टेडियममा गत बुधवार रातिको खेलका क्रममा रेफ्रीले विवादास्पद पेनाल्टी दिएपछि इंल्यान्डका कप्तान ह्यारी केनले पेनाल्टी प्रहार गर्नुअघि डेनमार्कका गोलरक्षक कास्पर स्माइकलको अनुहारमा पर्ने गरी दर्शकबाट लेजल लाइट बालिएको थियो ।

कास्परले केनले प्रहार गरेको पेनाल्टी रोकेपनि रिबाउन्डमा केनले गोल गर्दै इंग्ल्यान्डलाई २–१ को जित दिलाउँदै पहिलोपटक युरोको फाइनलमा तथा ५५ वर्षपछि ठुलो प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको थियो । त्यही घटनालाई लिएर युइएफएले छानबिन सुरु गरेको थियो । छानबिनमा खेलका क्रममा समर्थकले खेल भावना विपरीत कार्य गरेको पाइएपछि यूईएफएले जरिवाना गरेको हो ।
यस्तै त्यही खेलमा डेनमार्कको राष्ट्रिय गानका क्रममा समर्थकले होहल्ला गरी अशान्ति फैलाउँदै आतिशबाजी पनि गरेका थिए । खेल दौरान दोस्रो बल मैदानमा रहँदा खेल रेफ्रीले खेल नरोक्दा पनि त्यसको चर्काे विरोध भएको थियो ।