
इराकको राजधानी बगदादको ग्रीन जोनमा सोमबार दुई रकेटबाट हमला गरिएको छ । यद्यपि यो हमलामा कुनै हताहती भएको छैन । दुई मध्येका एक रकेट बगदादस्थित अमेरिकी दूतावासमा आएर झरेको थियो ।
बगदादको अति सुरक्षित मानिने ग्रीन जोनमा कयौं देशका दूतावास रहेका छन् । यहाँ सुरक्षा व्यवस्था पनि कडा रहेको छ । २०१९ को अक्टोबरपछि कयौं पटक यो क्षेत्रलाई निशाना बनाएर कयौं रकेट प्रहार भइसकेको छ ।

घटनामा कोही पनि हताहत नभएको खबर छ । इराकमा अक्टोबरपछि अमेरिकी अड्डाहरूमा भएको यो २०औं आक्रमण हो ।
समाचारमा आएअनुसार, रकेट उच्च सुरक्षा दिइएको क्षेत्रमा खसाइएको हो । त्यहाँ सरकारी भवन र अनेकौं देशका दूतावास छन् ।
अमेरिकाले इरानी जनरल कासिम सुलेमानीको हत्या गरेपछि यो क्षेत्रमा तनाव हुदै आएको छ । यसको बिरुद्धमा इरान समर्थित गुटले कयौं पटक यो क्षेत्रलाई निशाना बनाउदै आएका छन् । एजेन्सी