
संविधानसभा अध्यक्ष तथा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले सर्वोच्च अदालतको फैसलाबाट आफू स्तब्ध भएको प्रतिक्रिया दिएका छन् ।
उनले भने, ‘म स्तब्ध छु, यो फैसलाभन्दा पनि राजनीतिक कुरा आयो । यसबाट संविधान, कानून, स्थापित अभ्यास र संसदीय प्रणाली लगायतमा थुप्रै गम्भीर प्रश्नहरू फैसलाबाट उठ्न पुगेका छन् । कतिपय प्रसंगहरू पत्याई नसक्नुका छन् । म फैसला अध्ययन गर्दैछु ।’
नेम्वाङले संविधान र स्थापित अभ्यासबमोजिम फैसला गर्ने अधिकार पाएको सर्वोच्चले गरेको आदेशलाई एमाले कानुनको शासनमा विश्वास गर्ने शक्ति भएका कारण मानेर जानुको विकल्प नभएको बताए ।