८ बैशाख २०८२, सोमबार

प्रधानमन्त्री ओलीले आज २ बजे देशबासीका नाममा सम्बोधन गर्दै

kp oli
फाइल फोटो

प्रधानमन्त्री केपी शर्मा ओलीले आज देशबासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ । प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सिंहदरबारमा सम्बोधन गर्नुहुने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को सिफारिसमा गत जेठ ८ गते राष्ट्रपतिबाट प्रतिनिधिसभा भंग गर्ने निर्णयलाई सर्वोच्च अदालतको हिजो सोमबारको फैसलाले बदर गरेको थियो । सर्वोच्च अदालतले नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न परमादेश जारी गरेको छ ।

प्रधानमन्त्री ओली नेतृत्वको सरकारमा उहाँले सम्भवतः अन्तिम पटक सम्बोधन गर्दै हुनुहुन्छ । सर्वोच्चको आदेश बमोजिम आजै काँग्रेस सभापति देउवालाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गनुपर्ने हुन्छ ।

सरकार गठनका लागि विपक्षी गठबन्धनका अन्य राजनीतिक दलहरु पनि छलफल र वार्तामा जुटेका छन् । यही अवस्थामा प्रधानमन्त्री ओलीले देशबासीका नाममा सम्बोधन गर्दै हुनुहुन्छ ।