
पछिल्लो एकपछि अर्को गर्दे नेपाली साँगितिक क्षेत्रका गाएकहरु अभिनयतर्फ आकर्षित भइरहेको बेला चर्चित गाएक नितेश जँग कुवर पनि एक फिल्ममार्फत अभिनयमा डेब्यु गर्ने भएका छन । अभिनेता अनमोल केसीलाइ लिएर फिल्म कृ निर्देशन गरेका सुरेन्द्र पौडेलको निर्देशनमा बन्ने एक फिल्ममा नितेश अनुबन्धित भएका छन ।

प्रेमकथामा बन्ने फिल्ममा उनको अपोजिटमा फिल्म कृ मा अभिनय गरेकि अभिनेत्री अदिति बुढाथोकिले अभिनय गर्देछिन । अदिति फिल्म कृ प्रदर्शन भएको २ बर्षपछि यसै फिल्म मार्फत कमब्याक गर्देछिन । अहिले उनि भारतमै बसेर मोडलिङ क्षेत्रमा सँघर्ष गरिरहेकि छिन । चाँढै औपचारिक रुपमा घोषणा गरिने यस फिल्मको अन्य कलाकारहरु तथा प्रबिधिकहरुको बारेमा जानकारी गराइने भएको छ ।

चैतको पहिलो साताबाट छायाँकन गरिने यस फिल्मबाट नितेश निकै आशावादी रहेका छन । गायकबाट नायक बनेका धेरै कलाकारहरु रहेका छन,जस्तै यश कुमार, यम बराल, रामकृष्ण ढकाल, बाबु बोगटी, प्रशान्त तामाङ, निमा रुम्बा र राजेशपायल राई लगायत रहेको छन । गायकहरुको फिल्मक्षेत्रको यात्रा खासै सुखद देखिदैन भने पछिल्लो समय फिल्म परदेशी २ मार्फत डेब्यु गरेका गायक प्रकाश सपुत र नया फिल्ममार्फत डेब्यु गर्न लागेका नितेशजँग कुँवर दुवैको फिल्मी यात्रा सुखद रहोस हाम्रो तर्फबाट सफलताको शुभकामना ।