
बालुवाटारस्थित सरकारी निवासमा प्रधानमन्त्री शेरबहादुर देउवाले प्रवेश गरेका छन् ।प्रधानमन्त्री देउवा शुक्रबार विहान ९ः५७ बजेको शुभ साइतमा बालुवाटार सरेको उनको सचिवालयले जनाएको छ ।
गत मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएका देउवा बुढानीलकण्ठस्थित निजी निवासमा बस्दै आएका थिए । देउवा मंगलबार साँझ प्रधानमन्त्री नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बालुवाटारस्थित सरकारी निवास छाडेका थिए ।