
फाइल फोटो
नेकपा एमाले स्थायी कमिटीको बैठक बसिरहेको छ ।
ललितपुरस्थित तुलसीलाल अमात्य स्मृति प्रतिष्ठान भवन च्यासलमा जारी बैठकले सोमबारका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकमा छलफल हुने एजेन्डा तय गर्नेछ ।
यसअघि शुक्रवार एमाले स्थायी कमिटी र संसदीय दलको बैठक बसेको थियो ।
यी दुवै बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष उपस्थित भएको थिएन भने भङ्ग गरिएको कार्यदल सदस्यहरूले स्थायी कमिटी बैठक रोक्न माग गर्नुभएको थियो ।
आजको बैठकमा पनि नेता नेपाल पक्ष र उपाध्यक्ष वामदेव गौतम बैठकमा सहभागी हुनुभएको छैन । नेपाल पक्षले सहमतिबिना बैठक बोलाइएको भन्दै सहभागी नहुने अडान राख्दै आएको छ ।
एमालेको यसअघि शुक्रवार बसेको स्थायी कमिटी बैठकले प्रधानमन्त्री देउवालाई समर्थन र विश्वासको मत नदिने निर्णय गरिसकेको छ ।