
नेकपा एमालेको १० औं केन्द्रीय कमिटीको बैठक ललितपुरको च्यासलमा शुरु भएको छ । तर बैठकमा नेता नेपालमा पक्षका नेताहरु भने उपस्थित भएका छैनन् ।
गएको २३ फागुनमा एमाले पुनस्र्थापना भएपछि ओलीले एक्लौटी बैठक राख्दै आएका भएपनी आजको बैठक २०७५ जेठ २ अघिको संचरना अनुसार ललितपुरस्थित तुलसीलाल प्रतिष्ठानमा बैठक बसेको हो ।
सर्वोच्च अदालतले संविधानको धारा ७५ को उपधारा ६ मा सांसदहरुलाई पार्टी ह्वीप नलाग्ने र कारबाही गर्न नपाउने फैसला आएपछी एमालेले पार्टिमा अनुशासनको कारबाही गर्न सकिने बताउँदै आएको छ ।



यसका साथै बैठकले साउन २५ गतेबाट बोलाउन लागिएको विधान अधिवेशनको तयारीका बारेमा पनि छलफल हुने एक नेताले बताए ।
बैठकमा पार्टीको निर्देशन उल्लंघन गर्दै प्रधानमन्त्री शेर बहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुलाई कारबाही गर्ने, पार्टीको विधान अधिवेशन र पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ ।
नेकपा माओवादी केन्द्रसँग पार्टी एकता गर्नुअगाडि एमालेको नवौं केन्द्रीय कमिटी बैठक बसेको थियो । पार्टी एकता जोगाउने गरी दश बुँदे सहमति भएपछि बसेको पहिलो बैठकलाई दशौं भनिएको हो ।