८ बैशाख २०८२, सोमबार

आफन्तले बुझे सुजिता भण्डारीको शव

sujita 222 1024x711 1

सामुदायिक वनमा मृत भेटिएकी चितवनको राप्ती नगरपालिका–३ की सुजिता भण्डारीको हत्या भएको भन्दै हत्यारा सार्वजनिक नगरेसम्म परिवार र स्थानीयले शव नबुझ्ने अडान लिएका थिए भएपनी आज शव परिवारले बुझेका छन् ।

शव परीक्षणको सबै प्रक्रिया भइसकेकोले परिवारले आज शव बुझेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

सुजिताको शव परीक्षण, भिसेरा र सबै प्रक्रिया पूरा गरेर ल्याबमा लगेपछि रिपोर्टको नतिजा बाहेक अरु बांँकी नभएको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

गत असार ११ देखि सम्पर्कविहीन भएकी २३ वर्षीया सुजिताको शव असार २० गते घरबाट करीब चार किलोमिटर पर ब्रह्मस्थानी सामुदायिक वनको झाडीभित्र मृत अवस्थामा भेटिएकी थिइन् ।