
यसअघि स्थगित गरिएको मध्य भोटेकोशी जलविद्युत कम्पनीको आइपीओ आजबाट (साउन ५ गते)पुनः भर्न पाइने भएको छ ।
यसअघि वैशाख २१ गतेदेखि आयोजना प्रभावितका लागि खुल्ल गरेको आइपीओ बिक्री कारोना भाइरस रोकथामका लागि गरिएको निषेधाज्ञाका कारण वैशाख २४ गतेदेखि स्थगित भएको थियो ।
ग्लोबल आइएमई क्यापिटल मध्य भोटेकोशी जलविद्युत कम्पनीको बिक्री प्रबन्धक रहेको छ । ग्लोबल आइएमई क्यापिटलका अनुसार आयोजना प्रभावित स्थानीयले मंगलबारबाट पुनः आइपीओमा आवेदन भर्न पाउनेछन भने स्थानीयले साउन १७ गतेसम्म आवेदन दिन पाउनेछन ।
उक्त समयमा माग अनुसार आवेदन नपरेमा भने साउन ३२ गतेसम्म खुला रहनेछ । स्थगित हुनुअघि आवेदन दिएका स्थानीयले पुनः आवेदन दिनु नपर्ने बिक्री प्रबन्धकले जनाएको छ ।