९ बैशाख २०८२, मंगलवार

अश्लिल फिल्म बनाएरै करोडौ कमाउथेँ शिल्पाका श्रीमान

kundra silpa

सोमबार राति बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा चर्चित विजनेशम्यान राज कुन्द्रालाई मुम्बई क्राइम ब्राञ्चले पक्राउ गरेपछि नयाँ रहस्य खुलेको छ । उनलाई अश्लील फिल्म बनाएको आरोप लाग्नुका साथै केही एप्समा बेचेको आरोप लगाउदै प्रहरीले पक्राउ गरेको हो । भारतिय मिडियाका अनुसार मुम्बई पुलिस कमिश्नर हेमन्त नागरालेका अनुसार, राज कुन्द्राको विरुद्ध यथेष्ट प्रमाण फेला पारेपछि राज कुन्द्रा सहित ११ जनालाई पक्राउ गरेको छ ।

क्राइम ब्राञ्जका भनाई अनुसार राजले पोर्न इन्डस्ट्रीमा ८ देखि १० करोडको लगानी गरेका छन् भने भारतमा छायांकन गरेर उक्त भिडियोहरु अनलाइनको माध्यमबाट विदेशका एप्सहरुमा पठाउने गरेका थिए । पोर्न भिडियो निर्माणको आरोपमा यस अघि मुम्बई पुलिसले अभिनेत्री गहना वशिष्ठसहित ६ जनालाई पक्राउ गरेको थियो । गहनासहित पक्राउपछि उनीहरुको बयानका आधारमा प्रहरीले थप तीन व्यक्ति पक्राउ परेका थिए ।

यसरी खुलेको थियो पोर्न निर्माण

अभिनेत्री गहना सहित पक्राउ परेकालाई प्रहरीले अनुसन्धान गर्नेक्रममा पोर्न फिल्मलाई पेड मोबाइल एप्लिकेशनमा सार्वजनिक गर्ने गरेको थाहा पाइएको थियो । उनीहरुको बयानका आधार समाउदै जाँदा उमेश कामतलाई पक्राउ परेका थिए । त्यसपछि प्रहरीलाई पोर्न फिल्मको यो ¥याकेटमा राज कुन्द्राको सम्बन्ध रहेको प्रमाण भेटाएपछि पक्राउ गरेको हो ।

राजको रियल एस्टेट, माइनिङ, इन्टरटेनमेन्ट, स्पोर्ट्स, स्टक मार्केट, गेमिङ र हस्पिटालिटी लगायतमा लगानी गरेका छन् भने २००४ मा एक ब्रिटिश पत्रिकाले सबभन्दा धनी एशियाईको लिस्टमा १९८औं स्थानमा उनलाई राखेको थियो ।