
बाराको पथलैयास्थित प्रहरी चौकी र प्रदेश ट्राफिक कार्यालयमाथि कारबाही सुरु भएको छ ।
कोभिड–१९ नियन्त्रणका लागि गरिएको निषेधाज्ञालाई रकम असुल्ने अवसरको रुपमा प्रयोग गर्दै आएको भन्दै पथलैयास्थित प्रहरी चौकी र प्रदेश ट्राफिक कार्यालयमाथि कारबाही सुरु गरिएको हो ।
प्रहरी चौकी पथलैयाका इन्चार्ज प्रहरी सहायक निरीक्षक श्यामबाबु यादवसहित त्यहाँ कार्यरत सबै ११ जना प्रहरीलाई जिल्ला झिकाएर घटनाको अनुसन्धान थालिएको छ ।
प्रहरी चौकी पथलैयामा भने ११ जना नयाँ प्रहरी पठाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता गौतम मिश्रले जानकारी दिनुभयो ।
निषेधाज्ञाको समयमा पास बिना गुडेका सार्वजनिक यात्रु बसबाट चेक गर्ने बहानामा प्रत्येक गाडी २ हजार रुपैयाँसम्म लिएको पाइएपछि कारबाही गरिएको बताइएको छ ।