
चितवनमा एक पुरुषको शव फेला परेको छ ।
भरतपुर महानगरपालिका वडा नम्बर १७ सिमलटाडा नजिक पुलमा लास भेटिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एबम प्रहरी नायब उपरीक्षक सूर्य बहादुर थापाले जानकारी दिए ।
घटना स्थलमा गोलीको खोका भेटिएको बताइएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीको भनाइ छ ।