
प्रधानमन्त्री केपी शर्मा ओलीको मिर्गौला जोडिएको छ । उनको दोस्रोपटक मिर्गौला प्रत्यारोपण गरिएको हो ।
बिहान १० बजे अप्रेसन थिएटरमा प्रवेश गरी शल्यक्रियामार्फत मिर्गौला जोडिएको हो । पहिलोपटक १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गराएका ओली सोमबार अस्पताल भर्ना भएका थिए । विभिन्न देशका प्रमुखहरूले प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना गरेका छन् ।
डा. ज्ञवालीका अनुसार यो प्रत्यारोपणपछि चारवटा हुनेछन्। “फेर्ने भनेको उहाँको झिकेर नयाँ लगाउने होइन नि। नयाँ मात्रै लगाउने हो,” ज्ञवालीले भने।
“वहाँका आफ्नै दुइटा भए, एउटा १२ वर्ष अगाडि लगाएको भयो। अब अहिले लगाउने चौथो हो।” अहिले ओलीको शरीरमा प्रत्यारोपित एउटा मिर्गौलासहित तीनवटा मिर्गौला छन्।
अंगदाता समीक्षा संग्रौलाको शरीरबाट देब्रे मिर्गौला निकालिएको हो ।