
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता छोडेपनि कमजोर नठान्न चेतावनी दिनुभएको छ ।
पुष्पपाल स्मृति दिवसका अवसरमा ललितपुरमा भएको कार्यक्रममा ओलीले एमाले अहिले पनि प्रमुख पार्टी भन्दै कमजोर नठान्न चेतावनी दिनुएको हो ।
आफू जनादेशबाट नभई परमादेशका कारण प्रधानमन्त्रीबाट हटेको भन्दै ओलीले सर्वोच्च अदालतको फैसलाप्रति असन्तुष्टि व्यक्त गर्नुभयो ।