
नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलाले नेपालको राजनीतिमा देखिएको संकट कम्युनिष्ट आन्दोलनको संकट भएको बताउनुभयो ।
कार्यक्रममा नेता बास्तोलाले कम्युनिष्ट आन्दोलनमा देखा परेको संकटका कारणले नै नेपाली राजनीतिमा संकट देखा परेको बताउनुभएको हो ।
नेता बास्तोलाले नेपालको राजनीतिमा देखापरिरहेको संकट कम्युनिष्टहरुको संकट भएको समेत बताउनुभयो । साथै नेता बास्तोलाले सामन्त वर्गको हातमा रहेको सरकार अहिले दलाल र पूँजीपतिहरुको हातमा रहेको समेत बताउनुभयो ।
उहाँले भन्नुभयो, “नेपालको राजनीतिमा देखापरिहेको संकट बास्तवमा कम्युनिष्टहरुको संकट हो, कम्युनिष्ट आन्दोलनमा देखा परेको शंकटको कारणले नेपाली राजनीतिमा संकट देखापरेको छ ।
नेपाली जनताको हातमा शासन व्यवस्था गएन, राज्यप्रणाली गएन, नेपालको शासन दलाल पूँजीपतिहरुको हातमा गयो, हिजो सामन्तवर्गको हातमा थियो आज दलाल पूँजीपति वर्गको हातमा छ । ”
नेता बास्तोलाले नेपालमा आधारभूत परिवर्तन नभएको समेत बताउनुभएको छ ।