
नेकपा (एमाले)की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अहंकारले कम्युनिस्ट आन्दोलन कमजोर भएको बताएकी छन् ।
पार्टी अध्यक्ष केपी शर्मा ओलीका गतिविधिप्रति कठोर अभिव्यक्ति दिँदै आएकी माधव नेपाल समूहकी नेता शाक्यले भनिन्,“एउटा नेताका कारण व्यवस्था झन्डै गुमेको ।”
तुल्सीलाल स्मृति प्रतिष्ठान ललितपुरमा आज आयोजित पुष्पलाल स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले पार्टी नेतृत्वको कडा आलोचना गरिन् ।
बाँदरको मुकुटो लगाएर किन सडकमा उतारियो भन्दै प्रश्न पनि गरिन । “कस्तो संस्कारमा हामीले हुर्कायौँ । एउटा कम्युनिस्ट पार्टीको निर्णय र नेतृत्वबाट आएका युवाहरु देशका लागि केही गर्न चाहन्थे । अध्यनशील, सिर्जनात्मक थिए । तर, बाँदरको रुप बनाएर सडकमा पर्छाने काम किन भयो ?” उनको प्रश्न थियो ।
उनले युवालाई विस्थापित गर्ने गलत काम नेतृत्वबाट भइरहेको बताइन । नेतृ शाक्यले भ्रष्टाचार निर्मुल गर्छौँ कि गर्दैनौँ त्यसलाई विषय बनाउने कि नबनाउने भन्दै प्रश्न गरिन् । शुसासनका बारेमा छलफल चलोस् भन्ने उनको धारण थियो ।