
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई राजामहाराजाको संज्ञा दिएका छन् । पुष्पलाल मित्रता केन्द्रको आयोजनामा ललितपुरमा भएको कार्यक्रममा बोल्दै नेता नेपालले ओलीले राजामहाराजाको शैली नछोडेको बताएका हुन् ।
‘हिजो मात्रै राजामहाराजाको शैलीमा माधव नेपालसहितलाई आममाफी दिइन्छ भनेको सुनेँ। महाराजाधिराजबाट आदेश आयो,’ नेपालले भने, ‘आममाफी आयो भनेर हामी खुसी भयौँ गदगद भयौँ । मैले ठानेको थिएँ, स्पष्टीकरण सोध्नु गल्ती भयो, सच्याएँ भन्लान्। तर सुध्रिएनन् ।’
नेपालले ओलीका विषयमा बोल्नका लागि आफूले संयमता अपनाइरहेको पनि बताए । आफूले बोल्दा तलमाथि केही नहोस् भनेर बोलिरहेको तर ओलीले राजामहाराजाको शैलीमा आदेश दिने गरेको टिप्पणी गरे।