
सांकेतिक तस्विर
बारा । बच्चाको झैझगडाको विषयलाई लिएर दुई पक्षबिच झगडा हुँदा बारामा एक महिलाको मृत्यु भएको छ ।
महागढीमाई नगरपालिका–७ तेलकुवा टोलमा हिजो राती दुई पक्षबिच बच्चाको विषयलाई लिएर कुटाकुट हुँदा मैनादेवी पासवानको मृत्यु भएको हो ।
देवर नाता पर्ने सिघासन पासवानले मैनादेवी पासवानलाई बासको भाटाले छातीमा हिर्काउँदा उहाँको घटनास्थलमै उहाँको मृत्यु भएको थियो ।
मृतकका श्रीमान् रोजगारीका लागि हाल काठमाडौँमा रहनुभएका र उहाँका एक छोरी र दुई छोरा छन् ।
सिघासन रातीदेखि नै फरार छन् । उनको खोजी कार्य भइरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभयो ।