
कोरोना संक्रमण बढ्ने क्रम जारी छ । विशेषगरी प्रदेश एक, बागमति र गण्डकी प्रदेशमा संक्रमण बढिरहेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो पटक ३१ सय १४ संक्रमित थपिएका छन् । यो संख्या केहि सातायताकै उच्च हो ।
हिजो २९ सय संक्रमित थपिएका थिए । १० हजार ६ सय २५ पीसीआर परीक्षणमा २३ सय ९ र ४ हजार २ सय ८५ एन्टिजेन परीक्षणमा ८ सय ५ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
काठमाडौं उपत्यकामा ६ सय १५ जना संक्रमित थपिएका छन् । ति मध्ये काठमाडौंमा ४ सय २१, ललितपुरमा १ सय ८ र भक्तपुरमा ८६ जना छन् ।
उपत्यका बाहिर कास्कीमा २ सय ७१ र चितवनमा २ सय ४८ संक्रमित थपिएका छन् । यस्तै मोरङमा १ सय ६४, नवलपरासी पूर्वमा १ सय २, झापामा ९६, सुनसरीमा ९५ नयाँ संक्रमित भेटिएका छन् ।
संक्रमणबाट थप १६ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या ९ हजार ६ सय ९५ पुगेको छ । पछिल्लो पटक २१ सय ९७ जना सङ्क्रमणमुक्त भएका छन् ।
सक्रिय संक्रमितको संख्या २७ हजार ७ सय ५७ पुगेको छ । ६ सय ५० जनाको आइसीयू र १ सय ६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।