८ बैशाख २०८२, सोमबार

महिला टी–२० विश्वकपकाे फाइनलमा भारत प्रवेश

Indian Women Cricket

भारत पहिलोपटक टी–२० महिला विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

विश्वकप अन्तर्गत बिहीबार भारत र इंग्लायन्डबीच सेमिफाइनल हुने तय थियो । तर, सिड्नीको निरन्तरको वर्षाले खेल हुन सकेन । निर्धारित खेल हुन नसकेपछि समूह विजेता बनेको आधारमा भारतलाई फाइलनलमा लगिएको हो ।

भारतीय महिला क्रिकेट टिम पहिलो पटक टी–२० विश्वकपको फाइनलमा पुगेको हो ।

सेमिफाइनलको लागि कुनै रिजर्भ डे राखिएको थिएन, जसका कारण भारतीय टिम सिधै फाइनल पुगेको हो । 

भारतीय महिला टिम ८ अङ्कको साथ आफ्नो समूहको शीर्ष स्थानमा थियो, इङ्ग्ल्याण्डको महिला टिम भने ६ अङ्कको साथ दोस्रो नम्बरमा थियो । समूह ए मा रहेको भारतीय टिम सबै खेल जित्दै शीर्ष स्थानमा पुगेको थियो । 

भारत समूह ‘ए’ को विजेता र इंग्ल्यान्ड समूह ‘बी’को उपविजेता बन्दै सेमिफाइनल पुगेका थिए । भारतले अब उपाधिका लागि अस्ट्रेलिया र दक्षिण अफ्रिकाको विजेतासँग फाइनल खेल्नेछ।

महिला टी–२० विश्वकपको फाइनल खेल आइतबार हुने तय भएको छ, आयोजकहरुले यस वर्षको फाइनलमा कीर्तिमानी सङ्ख्यामा दर्शक उपस्थित हुने बताएका छन् ।