
राष्ट्रिय हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउनुपर्नेमा सांसदहरुले जोड दिनुभएको छ ।
प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आज सिंहदरबारमा बसेको बैठकमा सांसदहरुले छिमेकी मुलुक लगायत कूटनीतिक सम्बन्ध कायम भएका सबै मुलुकसँग बलियो र दीर्घकालीन परराष्ट्र नीति बनाएर अघि बढ्नुपर्ने बताउनुभयो ।
सांसदहरुले सरकार परिवर्तन हुने बित्तिकै परराष्ट्र नीति समेत परिवर्तन भए जस्तो देखिने वर्तमान अवस्थाको अन्त्य गरी अन्तर्राष्ट्रिय सवालहरूमा सबैको एकमत हुने खालको नीति बनाउनुपर्नेमा जोड दिनुभयो ।