
जनता समाजवादी पार्टी (जसपा)को आधिकारिताबारे निर्वाचन आयोगले आज निर्णय गर्दै छ ।
जनता समाजवादी पार्टी(जसपा) निलम्बित सांसद रेशम चौधरी पनि निर्वाचन आयोग पुगेका छन् । जसपा आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि आयोगले दुवै समूहलाई ‘हेड काउन्ट’ का लागि आयोगमा उपस्थित हुन भनेपछि चौधरी डिल्ली बजार कारागारबाट निर्वाचन आयोग पुगेका हुन् ।
आयोगले आज बिहान ११ बजे सबै कार्यकारिणी समितिका सदस्यलाई आयोगमा उपस्थित हुन भनेको छ । महन्थ ठाकुर पक्षको मागबमोजिम सर्वोच्च अदालतले हिजो अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
जनता समाजवादी पार्टीको आधिकारिकताका लागि अध्यक्ष उपेन्द्र यादवको पक्षमा दुई तिहाइ सदस्यले सनाखत गरेका छन् । ५१ सदस्यीय कार्यकारिणी समिति रहेको जपसाका ३४ जना सांसदले आफूहरूको पक्षमा हस्ताक्षर गरिसकेको अध्यक्ष उपेन्द्र यादवले बताए ।
चौधरी यादवका पक्षमा आएसँगै ३५ जना कार्यकारिणी सदस्य पुग्ने दाबी यादवले गरे । नेताहरूको सनाखतपछि आयोगको इजलास बसेर आधिकारिकताबारे निर्णय गर्नेछ ।