
जसपा आधिकारिकता सम्बन्धी विवाद निरुपणका लागि आयोगले दुवै समूहलाई ‘हेड काउन्ट’ का लागि आयोगमा उपस्थित हुन भनेपछि रेशम चौधरी डिल्ली बजार कारागारबाट निर्वाचन आयोग पुगेका हुन् । उनलाई कडा सुरक्षाकाबीच आयोगको कार्यालय लगिएको हो।
निर्वाचन आयोग पुगेका रेशमल चौधरीले पत्रकारहरुसंग कुरा गर्दै “कारागारबाट किन यहाँ आउनुपर्यो नेताहरुलाई सोध्छु” भने । चौधरीलाई पत्रकारहरुले कसको पक्षमा मतदान गर्नु हुन्छ भन्ने प्रश्नमा उनले “पहिले महन्थ ठाकुर र त्यसपछी यादवालाऐ भेट्ने” बताए ।
यादव र ठाकुरसंगको छलफलपछी रेशम चौधरीले आफु तटस्थ बस्ने निर्णय लिएका हुन ।
यो सँगै जसपा विवादमा उपेन्द्र समूहसँग ३४ र महन्थ समूहमा १६ मत परेको छ।