
पीएसपी रोगका कारण अस्वस्थ रहेकी नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सिता दाहालकाे स्वास्थ्य लाभ गर्नेहरू प्रचण्ड निवास पुग्ने गरेका छन् । माओवादीका नेता तथा कार्यकर्ताका साथै विभिन्न दलका नेता तथा कार्यकर्ताहरू पनि उनकाे स्वास्थ्य लाभकाे कामना गर्दै खुमलटार पुग्नछन् ।
साेही क्रममा दाहालकाे स्वास्थ्य लाभको कामना गर्न केही दिन अघि प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा खुमलटार पुगेका थिए भने आज नेता रामचन्द्र पौडल गएका थिए । स्वास्थ्य लाभकाे कामना गर्दै सिता दाहाललाई भेट गरेकाे विषयलाई लिएर एमाले नेता सूर्य थापाले दुबैकाे आलोचना गरेका छन् ।
उनले दुबै नेतालाई कृपामा सरकारमा पुगेपछि गरिएको स्वास्थ्य लाभको कामना भनेका छन् । साेमवार ट्वीटरमा उनले लेखेका छन्, ‘स्वास्थ्यलाभको कामना गर्नु मानवीय पक्ष हो । मानवीय व्यवहार विपक्षमा रहँदा एकखालको र कृपाले सरकारमा पुग्दा अर्को खालको हुँदैन ।’ उनले यसलाई ‘सत्ताधारी चाला’ को सज्ञा पनि दिएका छन् ।
हेर्नुहोस् सूर्य थापाको ट्वीटर स्ट्याटस्:–
